Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


राष्ट्रियसभा अध्यक्षले लेखे निर्वाचन आयोगलाई सभामुख र उपसभामुखको पदावधि खुलाउन पत्र


1k
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई लखेकाे पत्र बाहिरिएकाे छ ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेका हुन् ।

‘२०७४ सालमा गठित प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो खुलाई पठाइदिनु हुन निर्देशानुसार अनुरोध छ’ राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाका निजी सचिव सुशीला आचार्यले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै लेखेको पत्रमा उल्लेख छ ।

समानुपातिक तर्फको बन्द सूची २ असोजमा दलहरुले आयोगमा बुझाएसँगै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको कार्यकाल सकिएको निर्वाचन आयोगले बताउँदै आएकाे छ । तर, सभामुख र उपसभामुखले प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासम्म आफूहरुको कार्यकाल रहेको बताउँदै आएका छन् ।