Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


दाङमा विद्यार्थीमाथि खुकुरी प्रहार, एक घाइते


5.8k
Shares

काठमाडाैं । दाङको तुलसीपुर–६ स्थित ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलका कक्षा ११ मा अध्ययनरत नयन वलीमाथि खुकुरी प्रहार भएको छ।

विद्यालयका अनुसार बिहानी सत्रको कक्षा सकेर विद्यार्थीलाई घर छोड्न जाँदै गरेको रा१ख ४६१ नम्बरको विद्यालय बसलाई बीच बाटोमा मोटरसाइकलमा आएका अज्ञात समूहले रोकी वलीमाथि खुकुरी प्रहार गरेका हुन्।

घटनामा घाइते भएका वलीको उपचार भइरहेको छ। विद्यालयले घटनामा संलग्नको पहिचान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।