Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


राहदानी विभागले थप आवेदन फारम खोल्ने


0
Shares

काठमाडाैं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत आवेदन दिन म्याद थप गरिएकाले राहदानी प्राप्तिका लागि साउन १८ गते देखि आवेदन खुला गरिने भएको छ ।

वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी विभागले शनिबार र आइतबार पनि आवेदन फाराम खुला गर्ने सूचनामा उल्लेख गरिएको छ ।

इपिएसका लागि आवेदनको चापलाई ध्यानमा राख्दै यसअघि र विभागले आवेदन फाराम खुला राखेको थियो । हाल खुलाइएको फारामअन्तर्गत सेवाग्राहीले तोकिएको मिति र समयमा विभागमा उपस्थित भइ राहदानीसम्बन्धी सेवा लिनपर्छ ।