अछाममा पहिरोमा परेर मृत्यु हुनेकाे संख्या १४ पुग्याे,९ जना अझै बेपत्ता « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


अछाममा पहिरोमा परेर मृत्यु हुनेकाे संख्या १४ पुग्याे,९ जना अझै बेपत्ता


390
Shares

कैलााली । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभएकाे हाे ।

पहिरोमा पुरिएर ९ जना अझै बेपत्ता भएकाे उहाँले बताउनुभयाे । साथै ११ जना घाइतेको उद्धार गरिएको उहाँले बताउनुभयाे ।

अछामको कमल बजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोले ठूलो क्षति पुर्‍याएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयाे ।

क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेकाे उहाँले बताउनुभएकाे छ ।