Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक


2.9k
Shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक २ मिनेट ५९ सेकेण्ड लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा बोलेको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने पनि टिजरमा देखाइएको छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउत मुख्य भूमिकामा छन् भने रबीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी लगायतको पनि अभिनय रहेको छ ।

जी-ट्वान्टी वानको युट्युब च्यानलबाट चलचित्रको टिजर सार्वजनिक भएको हो । ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन चलचित्रका निर्माता हुन् ।

कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथालाई प्रस्तुत गर्ने छ ।