चिनियाँ जनकंग्रेसका अध्यक्ष लि आज नेपाल आउँदै « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


चिनियाँ जनकंग्रेसका अध्यक्ष लि आज नेपाल आउँदै


611
Shares

काठमाडौं । चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सु ४ दिने भ्रमणका लागि आज (साेमबार) नेपाल आउने हुनु भएकाे छ ।

चिनियाँ कम्युनिस्ट पार्टीमा तेस्रो र राज्य सत्ताको भूमिकामा दोस्रो बरियताका लि सभामुख अग्नि सापकोटाको निमन्त्रणामा काठमाडौं आउन लाग्नु भएको हो । नेपाल बसाईका क्रमाम उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नुहुने छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम रहेको जनाइएकाे छ । पछिल्लाे समय नेपालमा अमेरिकासहित पश्चिमा देशहरुको प्रभाव बढिरहेकाे छ ।

साथै चीनबाट पनि एकपछि अर्को गर्दै उच्च स्तरका भ्रमणहरु भईरहेका छन् ।