केन्द्रीय विद्युत प्रशारण लाइन जडान कार्य तीब्र गतिमा, ग्रामीण जनजीवन सहज बन्दै « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


केन्द्रीय विद्युत प्रशारण लाइन जडान कार्य तीब्र गतिमा, ग्रामीण जनजीवन सहज बन्दै


312
Shares

ओखलढुंगा । ओखलढुंगामा केन्द्रीय विद्युत प्रशारण लाइन जडान कार्यले तीब्रता लिएपछि ग्रामीण जनजीवन सहज बन्दै गएको छ ।

जिल्लामा हालसम्म १७ हजारभन्दा बढी घरधुरीमा केन्द्रीय विद्युत प्रशारण लाइन जोडिएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो । जिल्लाका ५५ प्रतिशत घरधुरीमा विद्युत लाइन विस्तार भइसकेको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ । सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकामा करिब ९० प्रतिशत् विद्युतीकरणको काम सम्पन्न भएको छ ।

८ वटा स्थानीय तहमध्ये खिजीदेम्बा गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको काम भइरहे पनि हालसम्म बत्ती बलेको छैन । चम्पादेवी गाउँपालिकाको पलापु र रानीवन गाउँमा हालै बत्ती बल्न थालेको छ । अन्य गाउँपालिकाका भूगोलमा आंशिक रुपमा भए पनि प्रशारण लाइन विस्तार भएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमुख प्रतीश ढकालले जानकारी दिनुभयो ।

विद्युतीकरण हुन बाँकी गाउँमा पनि प्रशारण लाइन विस्तारका लागि प्राधिकरणको केन्द्रीय कार्यालयले ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ ।