२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारले निजी क्षेत्रलाई पनि पीसीआर परीक्षण गर्न दिने, इच्छुक संस्थासँग विवरण माग


0
Shares

एजेन्सी । पीसीआर परीक्षणको स्वाब एक सातासम्म होल्ड हुन थालेपछि सरकारले निजी क्षेत्रलाई पनि पीसीआर परीक्षण गर्न दिने निर्णय गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हिजो सूचना निकाली इच्छुक निजी क्षेत्रका प्रयोगशालाहरुले आफनो परीक्षण क्षमतासहितको विवरण एक साताभित्र पेश गर्न आग्रह गरेको हो ।

योसँगै निजी प्रयोगशालाहरुले पनि पीसीआर परीक्षण गर्न पाउने भएका छन् । देशभर २० स्थानवाट पीसीआर परीक्षण हँुदै आएको थियो ।

जसमा सबै भन्दा धेरै भने टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हुँदै आएको छ ।

प्रयोगशला प्रमुख डाक्टर रुणा झाले दैनिक ४ हजार भन्दा बढी स्वाब आउने गरेपनि ल्यावको क्षमता १ हजार मात्र रहेको बताइन् । जसका कारण परीक्षण एक साता सम्म होल्ड हुने गरेको छ ।