२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नबाैं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द


195
Shares

काठमाडौं । नबाैं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफबीचको खेल रद्द भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै प्रदेश–१ र एपीएफले १-१ अंक पाएका छन् । समूह ‘बी’ मा रहेको एपीएफले २ खेलमा २ अंक जोडेको छ ।

एपीएफ तेस्रो स्थानमा रहेको छ । प्रदेश-१ ले २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्रिविमै शनिबार हुने दोस्रो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेकाे छ । त्यस्तै मुलपानी मैदानमा हुने खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

गण्डकी प्रदेशमा आयोजना हुने नबाैं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो । प्रतियोगितामा ३ विभागीय, ७ प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।

सहभागी ११ टोलीलाई २ वटा समूहमा विभाजन गरिएको छ ।