अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले दिए बाइडेनलाई देशकै शत्रुको संज्ञा « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले दिए बाइडेनलाई देशकै शत्रुको संज्ञा


1.885k
Shares

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनलाई देशकै शत्रुको संज्ञा दिनुभएको छ ।

आफ्नो निवासमा संघीय अनुसन्धान ब्यूरोले छापा मारेपछि पूर्वराष्ट्रपति ट्रम्पले बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिनु भएको हो । ब्यूरोले गत अगस्ट ८ मा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्नुभएका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको परिणाम’ ल्याउने चेतावनी दिनुभयो ।

पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको यो भन्दा ज्वलन्त उदाहरण अरु हुन नसक्ने बताउनुभएकाे छ । उहाँले बाइडेनले अमेरिकी जनताको भलो नगर्ने जिकीर समेत गर्नुभयो ।

केही दिनअघि राष्ट्रपति बाइडेनले ट्रम्पप्रति संकेत गर्दै रिपब्लिकनहरुले अमेरिकी प्रजातन्त्रलाई खतरामा पारेको आरोप लगाउनुभएको थियो ।