४ असार २०८२, बुधबार | Thu Jun 19 2025


दुर्घटनामा दुई प्रहरीको मृत्यु


1.066k
Shares

सुनसरी । सवारी दुर्घटनामा परि सुनसरीमा प्रदेश १ श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामका पिओसो सहित दुई प्रहरिको मृत्यु भएको छ ।

शनिबार सुनसरीको कोशी गाउँपालिका स्थित पूर्व पश्चिम राजमार्गको लौकहीमा पिक अफ भेनले ठक्कर दिदा दुई प्रहरीको मृत्यु भएको हो ।

पश्चिम बाट पूर्व तर्फ आउदै गरको २ च २६४९ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम जाँदै गरेको बा ६० प ४४९२ नम्बरको भेनले ठक्कर दिदा मोटरसाइकलमा सवार मन्त्रीका पिओसो प्रहरी हबल्दार दुर्गानन्द चौधरी र मोरङको धनपती बोडर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी सहायक हवलदार प्रकाश गोजेवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डिएसपी राजकुमार राईले बताए ।

दुर्घटनामा परि गम्भीर घाइते भएका दुबै जनाको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन । सप्तरीको सप्तकोसी नगरपालिका ३ घर भएका दुबैजना बिदामा घर घएर कार्यलय फर्कदै गरेको अवस्थामा दुर्घटनामा परेको बताइएको छ ।

मोटरसाइकल लाई ठक्कर दिने भेन चालक सुनसरी कोशी गाउँपालिकाका २१ बर्षिय दिपक गोसाइ लाई नियन्त्रणमा लिएर घटानाको अनुसन्धान थालिएको डिएसपी राईले जानकारी दिएका छन ।