७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024


बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा बाबु र छोराको मृत्यु


8.853k
Shares

अर्घाखाँची । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा अर्घाखाँचीका बाबु र छोराको मृत्यु भएको छ ।

दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किदा उनीहरुकाे मृत्यु भएकाे हाे । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौर घर भई बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बेलबास बस्ने ४५ वर्षीय सोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरमा सवार मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त दुर्घटनाबाट गम्भीर घाइते बाबु र छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।

दुर्घटनामा १५ वर्षीय आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर-२ का २३ वर्षका अमृत सुनारी मगर घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।