Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


बाबुको मुख हेर्ने दिनमा फिल्म ‘महापुरुष’ को ‘बा’ गीत सार्वजनिक


598
Shares

काठमाडौं । बाबुको मुख हेर्ने दिनको अवसरमा नेपाली फिल्म ‘महापुरुष’ को ‘बा’ बोलको गीत सार्वजनिक भएको छ ।

महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित उक्त फिल्म कात्तिक ११ गते रिलिज हुने तयारीमा रहेको छ । गीतमा कवि नवराज पराजुलीको शब्द र ऋदम कँडेलको स्वर तथा संगीत रहेको यो गीतले बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाएको छ ।

गीतमा हरिवंश र नवनायक अरुण क्षेत्रीले अभिनय गरेका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताको रुपमा दिपेश खत्री छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन र मित्र डि. गुरुङको सम्पादन छ ।