Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


कार्य सम्पादनका आधारमा गुल्मी पहिलो र अर्घाखाँची दोस्रो स्थानमा


221
Shares

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरीका जिल्ला प्रशासन कार्यालय मध्ये कार्य सम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा पर्न सफल भएको छ ।

त्यस्तै अर्घाखाँची भने दोस्रो नम्बरमा पर्न सफल भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि भएको कार्य सम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुशार ६८ वटा परिसूचकहरूमा ९७.७५ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलाे भएको हो । यता ९७ प्रतिशत अंकसहित अर्घाखाँची प्रशासन दोस्रो नम्बरमा परेको छ ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद जोखिम न्यूनीकरण र मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्य सम्पादन मूल्यांकन गरिएको थियो । गुल्मीमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे रहनुभएको छ ।