२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


संसदको कार्यकाल कहिलेसम्म ?


156
Shares

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा भएसँगै संसद्को कार्यकाल कति रहन्छ ? चासोको विषय बनेको छ ।

चासोको विषयमा संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको कार्यकाल राजनीतिक दलहरूले समानुपातिक उममेदवारको बन्दसूची बुझाउँदासम्म रहने बताएको छ ।

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदासम्म प्रतिनिधि सभाको कार्यकाल कायम रहने बताउनुभयो ।

सभामुख र उपसभामुखको हकमा पुनः सांसद पदको उम्मेदवार हुन चाहेको खण्डमा राजीनामा दिनुपर्ने सचिवालयले बताएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।