अमेरिकी सभामुख पेलोसी आशंकापूर्ण रुपमा एशिया भ्रमणमा « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


अमेरिकी सभामुख पेलोसी आशंकापूर्ण रुपमा एशिया भ्रमणमा


923
Shares

काठमाडौं । अमेरिकाकाे तल्लो सदन प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी आशंकापूर्ण रुपमा एशियाली भ्रमणमा निस्कनु भएको छ ।

औपचारिक रूपमा दक्षिण पूर्वी एशियाली देशहरू सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने बताइएपनि उहाँ ताइवान पनि पुग्नसक्ने आशंका गरिएको छ । चीनको कम्युनिष्ट शासनको कट्टर आलोचक पेलोसीलाई राष्ट्रपति जो बाइडेन र अमेरिकी सेनालेसमेत अहिले ताइवान नजान सल्लाह दिएको भए पनि उहाँ ताइवान पुग्न सक्ने अनुमान गरिएको छ ।

उहाँले ताइवान भ्रमणको कार्यक्रम बनाएपछि चीनले कडा प्रतिक्रिया जनाउँदै आएको छ । चिनियाँ सेनाले सभामुख पेलोसी ताइवान आए चूप लागेर नबस्ने भन्दै ताइवानमाथि सैन्य कारबाहीको संकेत पनि गरिरहेको छ । तर, आफ्नो निर्णयमा जिद्दी स्वभावकी सभामुख पेलोसी कति बेला ताइवान पुग्नुहुन्छ भन्न नसकिने अवस्था छ ।

सभामुख पेलोसीको साथमा प्रतिनिधिसभाका ५ जना सांसदहरू समेत रहेका छन् । सन् १९९७ मा रिपब्लिकन पार्टीका तत्कालिन सभामुख न्युट जिङ्रिचले ताइवान भ्रमण गरेपछि कुनै पनि अमेरिकी उच्च अधिकारीहरू ताइवान पुगेका छैनन् ।