सिन्धुलीमा लोप हुँदै घरेलु कृषि औजार « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


सिन्धुलीमा लोप हुँदै घरेलु कृषि औजार


234
Shares

सिन्धुली । कृषिमा आधुनिक औजारको प्रयोग हुन थालेपछि पछिल्लो समय सिन्धुलीमा परम्परागत घरेलु कृषि औजार लोप हुन थालेका छन् ।

सरकारी तथा गैह्सरकारी संघ सस्थाबाट नेपालमा आधुनिक कृषि औजार भित्रिन थालेपछि घरेलु औजारको प्रयोग घटेको हो ।

जसका कारण हाते हलो, जुवा, कोदाली जस्ता पुराना कृषि औजारहरु हराउन थालेका हुन् ।

जिल्लाका खोच तथा समथर ठाउँका लागि ट्याक्टरको प्रयोग उपयुक्त मानिए पनि कृषि उत्पादनका लागि राम्रो जमिनमा भने कृषि उत्पादनमा कमी आएको किसानको गुनासो छ ।