Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सोलुखुम्बुमा पहिरोले थुनिएको हुङ्गा खोला बग्न थाल्यो

हाइड्रोपावरहरूलाई उच्च शतर्क रहन तथा कामदार र सवारी साधनलाई सुरक्षित स्थानतर्फ सार्न प्रहरीकाे आग्रह

533
Shares

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका हुँदै बग्ने हुंगा खोला पहिरोले थुनिएपछि खतरा भएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शुक्रबार बिहान महाकुलुङ गाउँपालिका-३ र ४ को बीचमा पहिरो झरी खोला थुनिएको जनाएकाे हाे । कार्यालयका प्रहरी नायब उपरीक्षक नविन राज बुढाथोकीले खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको समन्वयमा प्रहरी टोली घटनास्थलतर्फ खटिई आवश्यक निगरानी तथा समन्वय गरिरहेको बताउनुभएकाे छ।

खतरा बढेपछि खोलाको तटीय क्षेत्रमा रहेका गाउँबस्ती तथा सम्बन्धित हाइड्रोपावरहरूलाई उच्च शतर्क रहन तथा कामदार एवं सवारी साधनलाई सुरक्षित स्थानतर्फ सार्न समेत जानकारी गराउकाे उहाँले बताउनुभयाे । उक्त स्थानमा बनेको तालबाट सामान्य पानीको निकास शुरु भएकोर जुनसुकै समयमा फुट्न सक्ने भएकाले सबैलाई शतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

ताल फुटेर बाढी आएमा निर्माणाधीन गौरीशंकर हाइड्रोपावर लगायतका विद्युत आयोजनाहरू प्रभावित हुन सक्ने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

Skip This