सुनकोशी-मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य ठप्प « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


सुनकोशी-मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य ठप्प


234
Shares

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य रोकिएको छ ।

मजदुरको आन्दोलनले राष्ट्रिय गौरवको आयोजनाको काम ठप्प भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटार क्षेत्रमा सञ्चालित साेही आयोजनामा काम गर्दै आएका मजदुर तलब भत्ताको विषयलाई लिएर आन्दोलित भएपछि निर्माण कार्य ठप्प भएको छ ।

पारित भएको जिल्ला दररेट बराबरको पारिश्रमिक नपाएसम्म काम ठप्प पार्ने मजदुरले चेतावनी दिएका छन् । मजदुरहरुले आफूहरुको माग सम्बोधन नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गर्ने चेतावनी समेत दिएका छन् ।