भारतमा वायुसेनाको विमान दुर्घटना हुँदा २ जना पाइलटकाे मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


भारतमा वायुसेनाको विमान दुर्घटना हुँदा २ जना पाइलटकाे मृत्यु


702
Shares

काठमाडौं । भारतीय वायु सेनाको एक विमान बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ ।

राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी वान विमान बिहिबार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा दुर्घटना भएको हो । दुर्घटना यति भयानक थियो कि विमानका भग्नावशेषहरु आधा किलोमिटरपरसम्म उछिट्टिएका थिए ।

परीक्षण तालिमका क्रममा विमान दुर्घटना भएको भारतीय वायुसेनाले जनाएको छ । तर दुर्घटनाको कारण भने खुलाइएको छैन् ।