फिलिपिन्समा ७ दशमलव १ म्याग्निच्यूडको भूकम्प जाँदा थुप्रै घर भत्किए « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


फिलिपिन्समा ७ दशमलव १ म्याग्निच्यूडको भूकम्प जाँदा थुप्रै घर भत्किए


5.967k
Shares

काठमाडौं । फिलिपिन्समा ७ दशलव १ म्याग्निच्यूडको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ ।

अब्रा प्रान्तमा केन्द्रविन्दु भई गएको भूकम्पको गहिराई जमिन भन्दा २५ किलोमिटर तल रहेको फिलिपिन्सको भूकम्प विज्ञान संस्थाले जनाएको छ । भूकम्पका कारण थुप्रै घरहरु भत्किनुका साथै अधिकांश घरहरु चिरा समेत परेका छन् । बिहानको समयमा भूकम्प गएकाले अधिकांश सर्वसाधारण घरबाट बाहिर निस्केका थिए ।

यसअघि फिलिपिन्समा सन् १९९० मा आएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पका कारण २ हजार जना मानिसको मृत्यु भएको थियो ।