Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


अछामको आइसोलेसन वार्डमा उपचाररत महिलाको मृत्यु


0
Shares

अछाम । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् ।

एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए ।

 “उच्च ज्वरो आएपछि आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ उनले भने, उनको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट  नेगेटिभ छ, मृत्युकोे कारणबारे थप बुझदैछौँ ।”

मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।

Skip This