कपिलवस्तुमा भारतबाट ल्याइएका १८ सय अवैध चल्ला नष्ट « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


कपिलवस्तुमा भारतबाट ल्याइएका १८ सय अवैध चल्ला नष्ट


4.654k
Shares

कपिलवस्तु । भारतबाट ल्याइएका अवैध मानिने १८ सय कुखुराका चल्लाकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ ।

भारतीय कुखुराको चल्ला नेपालमा प्रतिबन्ध रहेपनि दैनिक हजारौंको संख्यामा नेपाल प्रवेश गराइएकाे छ । त्यस्तै अवैध मानिने चल्ला बिहिबार राति कृष्णनगर नगरपालिका-१ मडहामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

पक्राउ परेका चल्ला १ लाख ८० हजार बराबर रहेको प्रहरी मुचुल्कामा लेखिएको छ । उक्त चल्ला प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हाे । बोइलर कुखुराको चल्ला ल्याउने मानिस भने फरार रहेको र तीनको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

पक्राउ परेको चल्लालाई पशु स्वास्थ्य सेवा एन २०५५ तथा नियमावली २०५६ बामोजिम कृष्णनगरस्थित सुरही खोलामा खाल्डो खनेर साेही खाल्डाेमा चल्लालाई राखेर नष्ट गरिएको छ ।