बाढीका कारण मोरङमा एक जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


बाढीका कारण मोरङमा एक जनाको मृत्यु


130
Shares

काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण मोरङमा एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैचा–६ गछिया खोलाले बगाएर सुन्दरहरैचा–६ का ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो । वर्षाका कारण विराटनगरमा सयौं घर परिवार विस्थापित भएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार विराटनगरको १० वटा वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् ।

सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका कतिपय बस्तीहरू पनि बाढीका कारण कटान र डुबानको समस्यामा परेको छ ।

प्रभावितहरूलाई उद्धार र राहतको काम अहिले पालिकाहरूले गरिरहेका छन् ।