Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


निजी प्रयोगशालाहरुले पनि ‘कोभिड–१९’ को परीक्षण गर्न पाउने


0
Shares

काठमाडौं, वैशाख १५ । निजी प्रयोगशालाहरुले पनि मापदण्ड पूरा गरेर ‘कोभिड–१९’ को परीक्षण गर्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘मिडिया ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ को परीक्षण गर्न न्यूनतम मापदण्डसम्बन्धी निर्देशिका जारी गरिएको भन्दै मापदण्ड पूरा गरेका निजी प्रयोगशालाहरुले मन्त्रालयसँग अनुमित लिएर परीक्षण गर्नसक्ने बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि ‘पीसीआर’ प्रविधिबाट कोरोनाको परीक्षण सुरु भएको जानकारी दिँदै उनले अब देशभर पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने प्रयोगशाला १६ ओटा पुगेको बताए ।

डा. देवकोटाले कोरोना संक्रमणले आगामी दिनमा कस्तो रुप लिन्छ र संक्रमितको संख्या कस्तो रहन्छ भन्ने विषयले ‘लकडाउन’ निर्धारण गर्ने बताए ।

नेपालमा संक्रमणको दोस्रो चरणमै सीमित राख्न ‘क्वारेन्टाइन’को पूर्णरुपमा पालना गर्नुपर्नेमा उनले जोड दिए ।

अहिले देशभर १०६ जना ‘आइसोलेसन’मा रहेका बताइएको छ ।

भिडियो हेर्नोस्