
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्षदेखि कुनैपनि मर्जरमा जाने निर्णय गरेपछि सेयर कारोबार रोकिने अवस्था हटाउने भएको छ ।
यसका लागि मर्जर नियमावली संशोधन हुनुपर्ने तथा केन्द्रीय बैंकसँग पनि छलफल भइरहेको सेबोनका अध्यक्ष रमेश हमालले बताए । मंगलबार सेबोनमा आयोजित कार्यक्रममा उनले कुनै पनि कम्पनी मर्जर तथा एक्विजिसनको नाममा अब सेयर कारोबार रोक्न नहुने भन्दै साउनदेखि मर्जरमा जाने कम्पनी सेयर कारोबार रोक्का नहुने बताए ।
अहिले कम्पनीको मर्जरको नाममा वर्षौंसम्म सेयर कारोबार रोक्का भइरहेको छ । अब साउनदेखि कुनैपनि कम्पनीको सेयर कारोबार रोक्का हुदैंन । यसका लागि हामीले केही गृहकार्य गरिरहेका छौं । उनले भने ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्