सरगम कौशलले जितिन् मिसेस इन्डिया वर्ल्डको उपाधि « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


सरगम कौशलले जितिन् मिसेस इन्डिया वर्ल्डको उपाधि


221
Shares

काठमाडौं । मिसेस इन्डिया वर्ल्डको उपाधि सरगम ​​कौशलले जितेकी छिन् ।

कौशलले देशभरका ५१ जना प्रतियोगीलाई हराएर मिसेस इन्डिया वर्ल्डको उपाधि जितेकी हुन् । प्रतियोगिताको फस्ट रनरअप जुही व्यासले जितिन् भने सेकेन्ड रनरअप चाहत दलालले जितिन् ।

सेज इन्डिया वर्ल्ड २०२१ र मिसेस वर्ल्ड २०२२ मा राष्ट्रिय पोशाक–विजेता नवदीप कौरले कौशललाई ताज पहिराएका थिए ।

मिसेस इन्डिया वर्ल्डको उपाधि जितेपछि अब ​कौशलले मिसेस वर्ल्ड २०२२ मा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

मिसेस इन्डिया वर्ल्ड प्रतियोगिताको निर्णायक प्यानलमा विवेक ओबेरोय, सोहा अली खान, पूर्व क्रिकेटर मोहम्मद अजहरुद्दीन, पूर्व मिस वर्ल्ड डाक्टर अदिती गोवित्रीकर र फेसन डिजाइनर मासुमी मेवावाला थिए ।

जुन १५ मा मुम्बईको गोरेगाउँस्थित नेस्को सेन्टरमा यो कार्यक्रम आयोजना गरिएको थियो ।