२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024


पहिरोमा पुरिए सासु बुहारी


520
Shares

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा बिहीबार राति खसेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै राति करिब साढे ८ बजे खसेको पहिरोमा पुरिएर उद्योगनाथ अधिकारीकी श्रीमती तुलसा अधिकारी र बुहारी यशोदा अधिकारी बेपत्ता भएका हुन् ।

छोरा विष्णु अधिकारी भने दौडिएर पहिरोभन्दा पर पुगेर बच्न सफल भएका थिए ।

पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशु चौपायासमेत पुरिएको स्थानीयले बताएका छन् ।

निरन्तर वर्षाका कारण जिल्लाका विभिन्न ठाउँहरुमा ठुला–ठुला पहिरो खसेको बताइएको छ ।