हिरा खानीमा पुरिँदा कङ्गोमा ४० श्रमिकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


हिरा खानीमा पुरिँदा कङ्गोमा ४० श्रमिकको मृत्यु


260
Shares

एजेन्सी । कङ्गोको मध्य क्षेत्रमा हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

मङ्गलबार गएको पहिरोमा पुरिएर ४० भन्दा बढीको मृत्यु भएको कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले बिहीबार सञ्चार माध्यमलाई जानकारी दिए ।

उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरू सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको उनले जानकारी दिए ।

पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।