Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पाँचथरमा फोहोर व्यवस्थापन गर्न स्थानीयको माग


78
Shares

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ मा फोहोर व्यवस्थापन हुन नसक्दा थाक्लेका स्थानीयवासीको स्वास्थ्यमा समस्या हुनथालेको छ।

फिदिम बजारको फोहोरलाई एकत्रित नगरि थुपारिंदा वातावरण दुर्गन्धित भएको र स्वास्थ्यमा असर पारेको भन्दै स्थानीयले नगरपालिकामा फोहोर व्यवस्थापनका लागि माग गर्दै आएका हुन्। कृषि उपयोगी प्राङ्गारिक मल बनाउने भन्दै बजारको फोहोर थुर्पाने स्थान बनाएर बस्ती दुर्गन्धित बनाएको स्थानीयले गुनासो गरेका छन्।

फिदिम बजारको एकमात्र फोहोर व्यवस्थापन गर्ने स्थान थाक्लेमा पुर्याइने फोहोर व्यवस्थित नहुँदा वातावरण दुर्गन्धित भएको छ। पटकपटक उजुरी आएपछि नवनिर्वाचित नगरप्रमुख र उप्रप्रमुखको टोलीले ल्याण्डफिल्ड साइटको अवलोकन गरेको छ। अव्यवस्थित क्षेत्र चाँडै व्यवस्थापन गर्न टहरा र फाेहोर व्यवस्थापन गर्ने उपकरण स्थापना गरी दुर्गन्धरहित बनाउने नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताउनुभएकाे छ। आगामी कार्यक्रममा बजेट विनियोजनगरि फोहोरलाई ब्यवस्थापन गर्दै मोहोरको रुपमा परिणत गर्ने नगरपालिकाले जनाएको छ ।

फोहोरलाई पुन: उपयोगमा ल्याउन सकिने उपकरण जडानगरि रोजगारको थलो बनाउने फिदिम नगरपालिकाकाे याेजना रहेकाे छ ।