२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुस र युक्रेनले युद्धमा मृत्यु भएका ३२० जना सैनिकको शव परिवारलाई बुझाए

२५ सय युक्रेनी सैनिक अझै पनि रुसको कब्जामा

4.914k
Shares

काठमाडौं । रुस र युक्रेन दुवै देशले युद्धमा मृत्यु भएका ३ सय २० जना सैनिकको शव परिवारलाई बुझाएका छन् ।

युक्रेनको मारियुपाेल शहरमा रुसी सेनाको आक्रमणमा मृत्यु भएका १ सय ६० जना युक्रेनी सेनाको शव युक्रेनको राजधानी किभमा ल्याएर रुसले परिवारलाई बुझाइको हाे । त्यसैगरी युक्रेनले पनि युद्धमा मृत्यु भएका १ सय ६० जनाको शव रुसलाई बुझाएको छ। रुसले बुझाएको १ सय ६० वटा शव मध्ये ५० जना आजोभ रेजिमेन्टमा जवानहरु रहेको पुष्टि भएको छ ।

युक्रेनी सेना मारियुपाेल शहरमा एक सातासम्म खानपानबिना लुकेर बसेकोमा केहीलाई गोली हानी मृत्यु भएका तथा केहीलाई रुसी सेनाले बन्धक बनाएको युक्रेनी अधिकारीहरुको भनाइ छ । रुसी सेनाले अजोभस्टलबाट नियन्त्रणमा लिएका झण्डै २५ सय भन्दा बढी युक्रेनी सेनालाई अझै पनि बन्धक बनाइरहेको छ । जसमा प्रहरी, सीमा गार्ड र क्षेत्रीय रक्षाका लागि खटिएका सुरक्षा गार्डहरु रहेका छन् ।

उनीहरुको रिहाइको पहल भइरहेको युक्रेनका संचार माध्यमले जनाएका छन् ।