काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।
गत शुक्रबार प्रतितोला दुई हजार चार सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार तोलामा ९ हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी शुक्रबार प्रतितोला ४ हजार ९ सय ६५ रूपैयाँमा कारोबार भएको थियाे ।तर चाँदी आइतबार भने तोलामा ४ हजार ७ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला १ सय ८५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार चार सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्