१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


म्हेपीमा स्मार्ट एरोविकद्वारा वृहत रक्तदान कार्यक्रम


104
Shares

काठमाडौं । जिल्लाको म्हेपीमा रहेको स्मार्ट एरोविकले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा एक सय पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।

रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भनेर आफूहरूले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको आयोजक संस्थाले जनाएको छ ।

मुलुकका विभिन्न भागमा आयोजना हुने यस्ता कार्यक्रमबाट विरामीहरुका लागि रगतको आपूर्ति हुँदै आएको छ ।