काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।
केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ। त्यसपछि अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ।
उम्मेदवारीमाथि दाबी–विरोधका लागि ४ः३० देखि ५ः३० बजेसम्मको समय तोकिएको छ। बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
उम्मेदवारी फिर्ता लिनका लागि भोलि बिहान ९ बजेसम्मको समय दिइएको छ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ।









प्रतिक्रिया दिनुहोस्