काठमाडौं ।
भोटेकोशी बाढीपछि चल्दै आएको खोज तथा उद्धार कार्य सरकारले हालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
गत भदौ १० गतेको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा चलिरहेको खोज तथा उद्धारको चरण हालका लागि स्थगित गर्ने निर्णय आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले गरेको हो ।
भोटेकोशी–त्रिशुली क्षेत्रमा अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ योजना तथा कार्यक्रमका लागि पाँच खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरी पठाउने निर्णय पनि गरेको छ ।
लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ ।
बैठकमा प्रधानमन्त्री शाहले विपद ब्यवस्थापनको काममा कुनै पनि सम्झौता नगर्ने भन्दै संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा ब्यवस्थापनको काम भइरहेको बताउनुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्