Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


बारामा पोखरीमा डुबेर २ जनाकाे मृत्यु


182
Shares

काठमाडौं । बाराका छुट्टाछुट्टै स्थानका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

कलैया उपमहानगरपालिका–१६ मझौलिया टोलका मजबुलाह अंसारीका छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको हो । साथीहरूसँग घरनजिकैको पोखरीमा नुहाउन निस्केको आधा घण्टामै बालक डुबेका थिए । पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै बाराकै कोल्हबी नगरपालिका–११ बेलावा टोलका वीरनाथ चौधरीको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको छ। घाँस काट्न गएका उनी राती अबेरसम्म घर नआएपछि खोजी गर्दा उनी पोखरीमा मृत अवस्थामा भेटिएका थिए।

दुवै घटन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।