भारतमा फेरि बढ्न लाग्यो कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


भारतमा फेरि बढ्न लाग्यो कोरोना संक्रमण


559
Shares

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या फेरि बढ्न लागेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार २२ जनामा कोरोना संक्रमण देखिँदा ४६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ३२ रहेको छ ।

यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो । मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने समग्र दर ९८.७५ प्रतिशत छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ ।