
काठमाडौं । असार ६ गते हुने अखिल नेपाल फुटबल संघ(एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरेर फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष पौडेलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघलाई विधान र नियमसंगत तरिकाले चल्न नसकेको भन्दै पौडेलले उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
यस अघि सोमबारै बर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्यानलसहित उम्मेदवारी दिएका छन् भने वर्तामान अध्यक्षसँग असन्तुष्ट रहेको पंकज बिक्रम नेम्वाङले शुक्रबार अध्यक्ष पदकै लागि उम्मेदावारी दर्ता गराइसकेका छन् ।
यस्तै, असार ६ गते हुने निर्वाचनका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले अध्यक्ष र विरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् ।
एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौं क्लबसँग मताधिकार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्