Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


फिफा विश्वकप फुटबलमा स्वीडेनकाे विजयी शुरूवात

ट्युनिसिया भने ५-१ गोल अन्तरले पराजित

0
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

मेक्सिकोमा साेमबार सम्पन्न भएकाे खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोल अन्तरले पराजित गरेकाे हाे । स्वीडेनका यासिन अयारीले २ तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले १-१ गोल गरेका थिए । ट्युनिसियाका ओमार रेकिकले १ गोल गरेका छन् । याे जितसँगै स्वीडेनले ३ अंक जोडेको हाे ।

यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २-२ को बराबरी खेल्दै अंक बाँडेका थिए । नेदरल्यान्ड्स र जापानले समान १ अंक जोडेका छन् । ट्युनिसिया भने अंकविहीन भएकाे हाे ।