काठमाडाैं । फिफा विश्वकप फुटबलमा पहिलाे चरणकाे खेलमा ब्राजिल र मोरक्कोबीचको खेल बराबरी भएको छ ।
न्यूयोर्कको मेटलाइफ रङ्गशालामा आइतबार बिहान ब्राजिल र मोरोक्कोले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको २१औँ मिनेटमा इब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता बनाएको थियो । ब्राजिलले खेलको ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्यो । ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल निस्कन नसकेकाे हाे ।
त्यस्तै, यसअघि आइतबार बिहानै भएको अर्को खेलमा स्विट्जरल्यान्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन् । सान फ्रान्सिस्को रङ्गशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्ड र कतारले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको १७औं मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयको चौथो मिनेटमा बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए का हुन्।
बोउलेमको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलाएकाे थियाे ।










प्रतिक्रिया दिनुहोस्