महिला टेलिभिजन प्रस्तोतालाई अनुहार छोप्न तालिबानको आदेश « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


महिला टेलिभिजन प्रस्तोतालाई अनुहार छोप्न तालिबानको आदेश


416
Shares

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले महिला अधिकारमाथि पुनः बन्देज लगाएको छ ।

तालिबानले अफगानिस्तानका महिला टेलिभिजन प्रस्तोताहरूलाई टेलिभिजनमा आफ्नो अनुहार छोप्न आदेश दिएको छ ।

यो आदेश महिला टेलिभिजन प्रस्तोताहरूले कार्यान्वयन समेत गरेका छन् । तर, अफगानिस्तानका महिला अधिकारकर्मीहरूले सामाजिक सञ्जालमा यो नयाँ प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

तालिबानले यसअघि महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न निर्देशन दिएको थियो भने माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध समेत लगाएको थियो ।

अफगानिस्तानमा सत्ता हत्याएको तालिबानले पछिल्लो रवैयाप्रति मानवअधिकारवादी संस्थाहरूले समेत विरोध जनाएका छन् ।