
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउनु युरोपेली राष्ट्रहरूका लागि आत्मघाती कदम हुने चेतावनी दिनुभएकाे छ ।
राष्ट्रपति पुटिनले एक टेलिभिजन मार्फत सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे । रुसमाथिको प्रतिबन्ध अमेरिकी राजनीति प्रेरित भएको जिकिर गर्दै उहाँले पश्चिमा राष्ट्रहरुले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ । केही युरोपेली राष्ट्रहरू उर्जाका लागि रुसमाथि निर्भर रहेको भन्दै प्रतिबन्धले युरोपेली राष्ट्रहरूले ठूलो नोक्सानी भोग्नु पर्ने उहाँकाे दावी छ । यसैबीच युक्रेनले रुस र युक्रेनबीचको युद्ध लम्बिने संकेत गरेको छ ।
युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले भने मारियुपोल शहरको स्टील कारखामा फसेका युक्रेनी सेनाको उद्धार जारी रहेको भन्दै २ देशबीचको युद्ध लम्बिने दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्