श्रीलंकामा देशव्यापी रूपमा कर्फ्यू घोषणा « Imagekhabar – Online News Portal of Nepal


श्रीलंकामा देशव्यापी रूपमा कर्फ्यू घोषणा


195
Shares

एजेन्सी । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ ।

सरकारका विरुद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यूको घोषणा गरेको हो ।

सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलंकाली सरकारले जनाएको छ ।

श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री महिन्दा राजपाक्षेले हिजो मात्र आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदर्शनकारीहरूमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।