काठमाडौं । युक्रेनको युद्धग्रस्त शहर मारियुपोल स्टील कारखानामा फसेका सबै नागरिकको उद्धार गरिएको युक्रेन सरकारले दावी गरेको छ ।
युक्रेन र रुसबीचको युद्धमा रुसी सेनाको घेरामा परेको मारियुपोल शहरको स्टील कारखानामा १ हजार बढी नागरिक फसेको बताईएको थियो । उद्धार गरिएकामा अधिकांश महिला, बृद्ध-बृद्धा र बालबालिका रहेका छन। संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा सुरु भएको उद्धार कार्यमा सयौं सुरक्षाकर्मीको पहराबीच उनीहरुको उद्धार गरिएको हो ।
उद्धार गरिएकाहरूलाई कता लगिएकाे भन्ने विषयमा भने युक्रेन सरकारले केही बताएकाे छैन । यसैबीच युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोल स्टीलप्लान्टमा फसेका नागरिकहरुमध्ये अन्तिम समुहका ३ सय जनालाई सुरक्षित स्थानमा लैजान सफल भएको प्रतिक्रिया दिएका छन ।
सो औद्योगिक क्षेत्र मारियुपोल शहरमा युक्रेनी सेनाको पकडमा रहेको अन्तिम क्षेत्र हो ।
प्रतिक्रिया दिनुहोस्