Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


बिक्री नभएपछि बारीमै उम्रियो अदुवा


195
Shares

धनकुटा । धनकुटामा कृषकले उत्पादन गरेको अदुवा बिक्री नभएपछि अदुवा बारीमै उम्रिन थालेको छ ।

अघिल्लो वर्ष कोरोना भाइरसको औषधी हुने भन्दै आन्तरिक बजारमै एक सय २० रुपैयाभन्दा बढी प्रतिकिलोमा अदुवा बिक्री गरेका कृषक अहिले मूल्य नपाएकाले धेरै कृषकले अदुवा नखनेका कारण बारीमै उम्रिन थालेको कृषकको भनाइ छ ।

निकासीका लागि ठिक्क पारिएको अदुवा पनि संकलन केन्द्रमै थुुप्रिएको बताइएको छ ।

एक किलो अदुवाको उत्पादन लागत करिब ३५ देखि ४० रुपैयाँ परेपनि व्यापारीहरुले प्रतिकिलो २० रुपैयाँ पनि मूल्य नदिएको कृषकको गुनासो छ ।

बजारमा प्राविधिक ज्ञान नभएका कृषकले अदुवा प्रशोधन गरी अन्य परिकार उत्पादन गर्न नसक्दा मुल्य नपाएको समयमा घाटा हुने गरेको बताएका छन् ।