युक्रेनमा मानवीय सहायता पठाउन संयुक्त राष्ट्रसंघको अपिल « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sun Dec 4 2022


युक्रेनमा मानवीय सहायता पठाउन संयुक्त राष्ट्रसंघको अपिल


117
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन विश्व समुदायसमक्ष अपिल गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनको अवस्था नाजुक हुँदै गएकाले मानवीय सहायता उपलब्ध गराउन अपिल गर्नुभएको हो ।

युक्रेनमा अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यताअनुसारको मानवीय सहायता उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएको हो ।

विश्व समुदायलाई आवश्यक सहायता उपलब्ध गराउन र नागरिकलाई आवश्यक परेको सहायता वितरणको काममा कुनै अवरोध नगर्न पनि आग्रह गरेका गरिएको छ ।

हाल युक्रेनका बिभिन्न शहरहरुमा रुसले आक्रमणलाई तीब्रता दिंदा युक्रेनी जनता थप मारमा परेका छन् ।