२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


महिला उद्यमीलाई ५० लाखसम्मको निर्यात कर्जा


273
Shares

काठमाडौं । सरकारले निर्यातजन्य उद्योग–व्यवसायमा महिला उद्यमीलाई आकर्षित गर्न ५० लाख रुपैयाँसम्मको निर्यात कर्जा उपलब्ध गराउने भएको छ । मुलुकको बढ्दो व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चितिमा समेत ह्रास आई अर्थतन्त्र नै संकटमा परिरहेका बेला निर्यातजन्य उद्योगमा महिला उद्यमीको सहभागिता बढाउन यस्तो व्यवस्था गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको औद्योगिक व्यवसाय नियमावलीमा निर्यात कर्जासम्बन्धी नयाँ व्यवस्था गरिएको छ ।

जसअनुसार महिलाद्वारा सञ्चालित व्यवसायको वित्तीय स्थितिको आधारमा महिला उद्यमीलाई बैँककिङ प्रणाली मार्फत कर्जा उपलब्ध गराइने छ । लघु उद्यमको लागि पाँच लाख रुपैयाँसम्म, घरेलु उद्योगको लागि १५ लाख रुपैयाँसम्म तथा साना उद्योगको लागि २० लाख रुपैयाँसम्म निर्यात कर्जा उपलब्ध हुनेछ । यस्तै, मझौला उद्योगको लागि ३० लाख रुपैयाँसम्म र ठूला उद्योगले ५० लाख रुपैयाँसम्म निर्यात कर्जा पाउनेछन् । यो कर्जा प्राप्त गर्नको लागि सम्बन्धित उद्योगले आफ्नो पछिल्लो आर्थिक वर्षको कुल उत्पादनको कम्तीमा ३० प्रतिशत निर्यात गरेको हनुपर्ने प्रावधान रहेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।