कर्णालीका उच्च हिमाली जिल्लामा उडान ठप्प « Imagekhabar – Online News Portal of Nepal


कर्णालीका उच्च हिमाली जिल्लामा उडान ठप्प


325
Shares

काठमाडौं । हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुनसकेको छैन ।

निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएकाले कर्णालीका हिमाली जिल्लामा उडान ठप्प भएको हो ।

हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्स पर्यटक बोक्न पूर्वतिर गएपछि यात्रु अलपत्र परेका छन् ।

हुम्लाका सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्ला बाहिर जान थप समस्या भएको छ । सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान गत आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।

निजी एयरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भएपनि उक्त नियमलाई उल्लंघन गरी ब्यापारिक फाइदामा लागेका हुन । यता, गत फागुन अन्तिम सातादेखि नेपालगञ्जबाट हुम्लाका लागि हवाई उडान नहुँदा करिब ४० देखि ६० नागरिक होटलमा बस्न बाध्य छन् ।