१४ श्रावण २०८२, बुधबार | Thu Jul 31 2025


बिमा अभिकर्ताको इजाजत पत्र आधुनिक प्रविधिबाट नवीकरण गर्ने


130
Shares

काठमाडौं । बिमा अभिकर्ताहरुको इजाजत पत्र आधुनिक प्रविधिकाे माध्यमबाट नवीकरण गर्न सकिने भएको छ ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा सर्भेयर तथा बिमा अभिकर्ताको इजाजत पत्र आधुनिक प्रविधिकाे माध्यमबाट नविकरण गर्ने कार्यको शुभारम्भ गर्नुभएको हो ।

यससँगै ३ लाख भन्दा बढी बिमा अभिकर्ता र २ हजारभन्दा बढी बिमा सर्भेयरहरुले इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्न सक्ने भएका हुन् । अध्यक्ष सिलवालले बिमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताको इजाजत पत्र नविकरण गर्न पनि झन्झटिलो हुने गरेकाले आधुनिक प्रविधिकाे माध्यम अपनाईएको बताउनुभयो ।

यस सुविधाअन्तर्गत अब अभिकर्ताले आफ्नो कम्प्युटर र मोवाइल मार्फत सजिलै नवीकरण गर्न सकिने उल्लेख गर्नुभयो ।
अध्यक्ष सिलवालले डिजिटल नवीकरण प्रक्रियालाई पनि गुनासोरहित बनाउनका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा अझै जोड दिनुपर्ने उहाँले बताउनुभयो ।