
एजेन्सी । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडबाट बाहिरिएकी सिनेटर कमला ह्यारिसले जो बाइडेनलाई समर्थन गरेकी छन् ।
उनले ट्वीटरमार्फत एक भिडियो सन्देश जारी गर्दै डेमोक्याटिक पार्टीको आधिरकारिक उम्मेदवारीको दौडमा बाइडेनलाई समर्थन गरेकी हुन् ।
बाइडेनले अमेरिकालाई लामो समयदेखि गौरवका साथ सेवा गर्दै आएको र आगामी दिनमा उनको सेवा अझ बढी चाहिएको सिनेटर ह्यारिसको सन्देशमा उल्लेख छ ।
ह्यारिसको समर्थनसँगै बाइडेनको चुनावी अभियानमा थप सकारात्मक प्रभाव पारेको छ ।
सिनेटर ह्यारिसलाई डेमोक्र्याटिक पार्टीभित्र उदयमान नेताको रुपमा लिइन्छ ।
७७ वर्षे पूर्व उपराष्ट्रपति जो बाइडेनले गएको मंगलबार १४ राज्यमा भएका प्राइमरीमा १० राज्यमा जित दर्ता गरेका थिए । डेमोक्र्याटिक पार्टीमा राष्ट्रपतिको उम्मेदवार बन्न बाइडेन र सिनेटर बर्नी सान्डर्सबीच कडा प्रतिस्पर्धा जारी छ ।
प्रतिक्रिया दिनुहोस्